२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सुशासन र विकासको पक्षमा जनताका लागि धेरै काम गर्छु: प्रधानमन्त्री दाहाल


130
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्न संकल्पको आह्वान गर्नुभएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा नेपाल तथा विश्वभर रहेका नेपालीलाई आज आइतबार शुभकामना दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

प्रत्येक दिन समृद्ध नेपालको निर्माण गर्न सुशासन र विकासको पक्षमा जनताको आवश्यकतालाई सम्बोधन गर्नका लागि धेरै भन्दा धेरै काम गर्ने प्रधानमन्त्री दाहालले बताउनुभएकाे छ ।