
म्याग्दी । म्याग्दी नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका ७ स्थानमा नियन्त्रणको काम अझै सुरु हुन सकेकाे छैन ।
जसका कारण यस क्षेत्रका स्थानीय वासीन्दाहरु चिन्तित भएका हुन् । म्याग्दी नदी कटानको उच्च जोखिममा रहेका बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर ३ दूधेखोला, वडा नम्बर ४ सिंगा, तातोपानी, मसार, तोराखेत र मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको काम अझै सुरु नहुँदा स्थानीय चिन्तित भएका हुन्।कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भने सुरु भएको छ ।
तर म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँहरुको संरक्षणमा कुनै चासो नदेखाइएको स्थानीयको गुनासो रहेको छ । गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा मध्य पुससम्म पनि नियन्त्रणको काम सुरू हुन सकेकाे छैन । कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ । बजेट विनियोजन भए पनि नदी नियन्त्रण योजनाको काम भने भएकाे छैन।
रूपाताल एकीकृत संरक्षण विकास परियोजना मार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजनाको काम भने सुरु गरिएको छ।म्याग्दी नदीको कटान नियन्त्रणका लागि वर्षेनी नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भएपनि वर्षामा ढुंगा र लेदोसहित उर्लिएर आउने म्याग्दी नदीको तीव्र गतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयवासीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्