Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


जनैपूर्णिमामा गोसाइकुण्ड पुग्ने पर्यटक १० हजार बढी


0
Shares

रसुवा । रसुवास्थित गोसाइँकुण्डमा लागेको मेलामा यो बर्ष १० हजार भक्तजनले स्नान गरेका छन् ।

जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा हिजो मात्रै तीन हजारले स्नान गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

सदरमुकाम धुन्चेदेखि डेढ दिनको पैदल दुरीमा रहेको गोसाइँकुण्ड गाउँपालिका ५ मा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा मेला भर्नका लागि देश विदेशबाट तीर्थयात्री आउने क्रम अझै जारी रहेको प्रशासनले जनाएको छ ।

नागपञ्चमीदेखि सुरु भई जनैपूर्णिमासम्म गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ ।