
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताउनु भएकाे छ ।
शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।
प्रधानमन्त्री दाहालले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिबद्धता गरेको पनि बताउनु भयाे ।
सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री दाहालले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताउनु भयाे ।
प्रतिक्रिया दिनुहोस्