Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : नेता कोइराला


0
Shares

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो ।” पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उहाँको भनाइ थियो ।

गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका दाहालले खेलेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।’ कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उहाँले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

Skip This