Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


नेपाल टी–ट्वेन्टी क्रिकेट : काठमाडौंलाई पराजित गर्दै लुम्बिनीले निकाल्याे जित


338
Shares

काठमाडाैं । नेपाल टी–ट्वेन्टी क्रिकेटमा लुम्बिनी अल स्टारले पाचौं जित निकालेको छ । टीयू मैदानमा भएको खेलमा काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गर्दै लुम्बिनीले जित निकालेको हो ।

लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

पाँच खेलमा अपराजित लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । चार खेलमा दुई जित हात पारेको काठमाडौं ४ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

शुक्रबार नै भएको अर्को खेलमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । पहिलो जित हात पार्ने क्रममा पोखराले फार वेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो ।

टियु मैदानमा १ सय ८८ रनको लक्ष्य पोखराले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो । त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो ।

छैटौं खेल खेलेर पहिलो जित हासिल गरेको पोखरा ६ खेलमा २ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पाँच खेल खेलेर १ जित हात पारेको फार वेस्ट २ अंक सहित अंक तालिकाको पुछारमा झरेको छ ।