३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


गोसाइकुण्ड पुगेर फर्किएका यात्रुलाई चर्को गाडी भाडा


0
Shares

रसुवा । यातायात व्यवसायीले जनैपूर्णिका दिन रसुवाको गोसाइँकुण्ड पुगेर फर्किएकाहरुसँग बढी भाडा असुल गरेको भन्दै तिर्थयात्री आक्रोसित भएका छन् ।

रसुवाको सदरमुकाम धुन्चेबाट काठमाडौं आउने तिर्थयात्रीहरुसँग यातायत व्यवसायी समितिले साविकको भन्दा दोब्बर भाडा लिएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

तीन दिन यता यातायात व्यवसायी समितिले काउन्टरबाट टिकट नै नकाटी तीर्थयात्रीहरुसँग बढी भाडा असुल्दै आएको तीर्थयात्रीले बताएका छन् ।

गाडीको संख्या थोरै भएको भन्दै आफूहरुसँग बढी भाडा असुल गरेको गुनासो तिर्थयात्रीको छ ।

रिजर्वको नाममा बढी भाडा लिने यातायात व्यवसायीलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।