५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


रवीना देशराजले सार्वजनिक गरिन् विदेशी प्रेमी


29.081k
Shares

काठमाडौं । अभिनेता द्वय आयुष्मान र आशीरमान देशराज जोशीकी आमा तथा प्रियंका कार्कीकी सासू रवीना देशराज श्रेष्ठले विदेशी प्रेमी सार्वजनिक गरेकी छिन् ।

रवीनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । उनले इन्स्टाग्राममा स्टुआर्ट एलेक्जेण्डर च्याम्पम्यान नामक आइडीलाई मेन्सन गर्दै उक्त तस्वीर सार्वजनिक गरेकी हुन् ।

सेलेब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले एक साताअघि मात्र मेगा बैंकबाट राजीनामा दिएकी थिईन्। उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिईन् । उनले सामाजिक सञ्जाल इन्टाग्राममा ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्नो प्रेमीलाई चिनाउन पाउँदा खुसी भएको बताएकी छिन् । उनले भेटपछि कसरी माया बस्यो त्यो व्यक्त गर्न नसक्ने भन्दै सबैलाई शुभकामना र आर्शीवाद दिन अनुरोध गरेकी छिन् ।

आफ्नो पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण एकदमै दयालु, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको उनले बताएकी छिन् । रवीनाले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको इन्स्टाग्राम ह्यान्डल मेन्सन गरेर आइ लभ युु पनि लेखेकी छिन् ।

रविना बैंकिङ क्षेत्रमा उच्च व्यवस्थापनमा पुग्ने सीमित नेपाली महिलामा पर्छिन् । रविनाले स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी थिइन् ।