
तस्बिर फाइल
काठमाडौं । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनियताको शपथ लिँदैछन् ।
शुक्रबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिने कार्यक्रम तय गरिएको छ । त्यसपछि रावलले अन्य ५२ जनालाई शुक्रबार दिउँसो साढे १ बजे शपथ गराउनु हुनेछ ।
५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा ६ जना बाहेक अन्यले भने नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्