जकार्ता, भदौ ११ । एसियाली खेलकुदको एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले यो सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।
इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आज बिहान भएको महिला ८ सय मिटर दौडमा सरस्वती आफ्नो हिटमा छैटौं भईन् । सात खेलाडी सहभागी हिटमा सरस्वतीले निर्धारित दुरी २ मिनेट १२.८५ सेकेण्डमा सकाईन् ।
यो स्पर्धामा २ मिनेट १०.५० सेकेण्डसम्म दौडिने खेलाडीहरु फाईनल चरणको लागि छनौट भएका थिए । महिला ८ सय मिटर दौडमा कुल २० खेलाडी सहभागी थिए । जसमध्ये नेपालकी खेलाडी सरस्वती १३ औं भईन् ।

एथ्लेटिक्समा अब नेपालका याम साजन सुनारको पुरुष २ सय मिटर, विश्वरुपा बुढाको महिला ५ हजार मिटर, सरस्वती भट्टराईको १५ सय मिटर तथा सोम बहादुर कुमालको पुरुष ८ सय मिटरको दौड बाँकी छ ।








प्रतिक्रिया दिनुहोस्