
एजेन्सी । रुसले युक्रेनका बिभिन्न शहरमा दर्जनौ मिसाइल प्रहार गर्नुका साथै बमबारी गरेको छ । युक्रेन र रुसबीचको युद्ध शुरु भएयता रुसले गरेको यो सबैभन्दा ठुलो आक्रमण हो ।
युक्रेनको राजधानी कीएभमा बमबारी गर्दा १४ बर्षिया बालिकासहित केही नागरिक घाइते भएका छन् । रुसले कीएभलगाएत युक्रेनका खार्किभ, ओडेसा, र झिटोमिर लगायत शहरहरुमा आक्रमण गरेको हो ।
यसअघि युक्रेनी सेनाले रुसमा ६९ वटा क्षेप्यास्त्र प्रहार गरेकोमा रुसको हवाई सुरक्षाले ५४ वटा रोकको केही बेरमा नै रुसले युक्रेनमाथि आक्रमण गरेको हो ।
आक्रमणका कारण युक्रेनतर्फ ठुलो भौतिक क्षती भएको छ । मिसाइल र बमबारीका कारण युक्रेनी सर्वसाधारणमा कोलाहल मच्चिएको थियो ।
प्रतिक्रिया दिनुहोस्