Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


975
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले सर्लाहीको कविलासी नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनय प्रसाद यादव, सव–इन्जिनियर उमेश कुमार दास, अधुरो रामजानकी मन्दिर निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

उनीहरुमाथि कविलासी नगरपालिका ८ मा अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा वास्तविक भन्दा बढी काम भएको गलत विल बनाई रकम हिनामिना गरेको अख्तियारले जनाएकाे छ ।