
काठमाडाैं । लुम्बिनी अल स्टारले नेपाल टी–ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई सुपर ओभरमा पराजित गरेको छ ।
टियु मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाईटेडलाई ९ रनले पराजित गर्यो ।
यो जित सँगै लुम्बिनी ४ खेलमा ४ जितका साथ ८ अंक सहित पहिलो स्थानमा कायमै रहेको छ । हारसँगै फर वेस्ट ३ खेलमा १ जितका साथ तालिकाको पाँचौं स्थानमा झरेको छ ।
यही संस्करणको पहिलो भेटमा पनि लुम्बिनीले फार वेस्टलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा विराटनगर सुपर किंग्सले पहिलो जित निकालेको छ ।
विराटनगरले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको हो । विराटनगरले पहिलो जित हात पार्दा पोखरा भने लगातार चार खेलमा पराजित भएको छ ।
यो जितसँगै विराटनगर तालिकाको चौंथो स्थानमा उक्लदा पोखरा अंक तालिकाको पुछारमा रहेको छ ।डबल राउण्ड रोबीनमा हुने यस लिगको विजेताले ५५ लाख पाउने छ ।









प्रतिक्रिया दिनुहोस्