Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


सुडानमा जातीय द्वन्द्व हुँदा ५६ जनाकाे मृत्यु


832
Shares

एजेन्सी । दक्षिणी सुडानमा विगत चार दिनदेखि जारी जातीय दंगामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

मारिनेमा ५१ जना नुयर र पाँच जना अन्य समुदायका रहेका छन् ।

सुडानको पूर्वी जोङलेई राज्यमा नुयर समुदायका युवाले अर्को जातीय समूहमाथि आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको हो ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भू –भागमा दशकौंदेखि गाईवस्तु र जमिनको विषयलाई लिएर जातीय द्वन्द्व हुने गरेको छ । द्धन्द्धका कारण हजारौं नागरिक बिस्थापित भइससकेका छन् ।