
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
बुधबार बिहान देशको प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो प्रदेश-१ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
बुधबार राति प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, प्रदेश-१ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्