
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री पुष्षकमल दाहाल (प्रचण्ड) ले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे बधाई स्वीकार्दै धन्यवाद व्यक्त गर्नुभएकाे छ ।
उहाँले समाजिक सञ्जाल ट्वीटरबाट माेदीलाई धन्यवाद व्यक्त गर्नुभएकाे छ । उहाँले धन्यवाद सन्देशमा भारतसँग मिलेर काम गर्न आतुर रहेकाे उल्लेख गर्नुभएकाे छ ।
उहाँले ट्वीटरमार्फत भन्नुभयाे, ‘धन्यवाद प्रधानमन्त्री ज्यु @narendramodi जी तपाईको न्यानो सन्देशको लागि। नेपाल र भारतबीच घनिष्ठ सांस्कृतिक सम्बन्ध र प्राकृतिक सम्बन्ध रहेको छ । म हाम्रो द्विपक्षीय मित्रता सुदृढ गर्न तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु।’
Thank you, Prime Minister @narendramodi ji for your warm message. Nepal and India share close cultural ties and a natural affinity. I look forward to working closely with you to consolidate our bilateral friendship.
— ☭ Comrade Prachanda (@cmprachanda) December 27, 2022
प्रतिक्रिया दिनुहोस्