Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


बुटवलका डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस


1.5k
Shares

काठमाडाैं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको हाे । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले केसीलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढेकाे बताउनु भयाे ।

सुन व्यापारीहरूसँग रकम असुली गरेको विशेष सूचनाकाे आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले केसीलाई आइतबार साँझ निवासबाट पक्राउ गरेको थियो। उनको घरबाट ३५ तोला सुन, १८ लाख रुपैयाँको चेक बरामद भएको थियो।