१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


काभ्रेमा परिवार नियोजनको अस्थायी साधन ’सायना प्रेस’ सेवा सुरू


325
Shares

काभ्रे । नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले परिवार नियोजनको अस्थायी साधन ’सायना प्रेस’ सेवा सुरू गरेको छ ।

साेमबार गर्भ निरोधक नयाँ साधनको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा शाखा प्रमुख तुलसीदेवी मानन्धरले यस्ताे बताउनुभएकाे हाे । महिलाले प्रयोग गर्ने ३ महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सेवा काभ्रेको बनेपा र पाँचखालमा सुरु गरिएको उहाँले बताउनुभयाे ।

साेही सेवा यसअघि परीक्षणको रुपमा नवलपरासी र सिन्धुलीमा सञ्चालन गरिएको उहाँकाे भनाइ छ । उक्त सेवा प्रभावकारी देखिएपछि चालू आर्थिक वर्षबाट देशका ७ जिल्लामा सेवा सञ्चालन गरिएको उहाँकाे तर्क छ । सायना नामक सुई एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रहनबाट रोक्ने उहाँले कताउनुभयाे ।

विश्वका अन्य देशमा सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रुपमा प्रयोग गरिएकाे छ । तर नेपालमा भने सुई आफैं लगाउन अनुमति नदिइएकाे शाखा प्रमुख मानन्धरले बताउनुभयाे । यसको प्रभावकारिता ९९ प्रतिशत रहेको समेत उहाँले बताउनुभएकाे छ ।

मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट चिकित्सकको परामर्शमा सुई लगाउन सकिने शाखा प्रमुख मानन्धरले बताउनुभयो ।