१ असार २०८२, आइतबार | Mon Jun 16 2025


बुर्किनामा मिनिबस दुर्घटना हुँदा १० जनाको मृत्यु, ५ घाइते


312
Shares

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा एउटा मिनिबस बारुदी सुरुङमा पर्दा १० जनाको मृत्यु भएको छ ।

बुर्किना फासो र नाइजरको सीमा नजिक भएको घटनामा ५ जना घाइते भएका हुन् । बुर्किना फासोका क्षेत्रीय गभर्नर फाडा एक गोर्माले घटनाप्रति दु:ख ब्यक्त गर्दै केही यात्रु बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन् ।

बुर्किना फासो र यसको छिमेकी मुलुकहरुले सन् २०१३ देखि जिहादी विद्रोहको सामना गरिरहँदा हजारौं सर्वसाधारणकाे मृत्यु भएकाे छ । २ लाख भन्दा बढी विस्थापित भएका छन् ।

गत जनवरीमा त्यहाँको सेनाले विद्रोह अन्त्य गर्ने घोषणा गरेता पनि हिंसात्मक गतिविधिमा कमी आएको छैन ।