काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमकाबीच दाहालले सपथग्रहण गर्नुभएको हो । दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । दाहालले प्रधानमन्त्रीमा तेस्रो पटक सपथग्रहण गर्नु भएको हो । दाहालले पहिलो पटक दौरा,सूरुवाल र कोटमा सपथ लिनु भएको हो । यस अघि दुइ पटक कोट,पाइन्ट लगाएर सपथ गर्नु भएको थियो । सपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्रीहरु,पूर्व मन्त्रीहरु नेपाल स्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्