२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


सत्ता गठबन्धनको बैठक जारी


663
Shares

काठमाडौं । नेकपा एमाले सहितको सत्ता गठबन्धनको बैठक जारी छ ।

संसद भवन नयाँबानेश्वरमा बसिरहेको बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायतका पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

नवनियुक्त प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथग्रहण गर्नुहुने भएकाले त्यसअघि कुन पार्टीले कुन मन्त्रालय पाउने र सरकारमा जाने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । दाहालले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्नुहुने एक माओवादी नेताले जानकारी दिए । माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दाहाललाई बाहिरैबाट समर्थन गर्ने सरकारमा भने नजाने बताएका छन् । आइतबार कांग्रेस सहितको पाँच दलीय गठबनधन भत्किएपछि दाहाल एमाले लगायत सात दलको समर्थनमा प्रधानमन्त्री बन्नु भएको हो ।