Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


बागमती प्रदेश सभामा राप्रपाबाट संसदीय दलको नेतामा उद्धव थापा चयन


221
Shares

हेटौंडा । बागमती प्रदेश सभाको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा उद्धव थापा चयन हुनुभएको छ।

राप्रपाको बागमती प्रदेश सभा संसदीय दलको साेमबार बिहान काठमाडौंमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष विक्रम थापाले जनकारी दिनुभएको हो। राप्रपाबाट बागमती प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक चयन भएका १३ जना सभा सदस्यहरुले प्रतिनिधित्व गर्ने भएका छन् ।

५५ वर्षीय संसदीय दलका नेता थापा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर२ निवासी हुनुहुन्छ । उहाँ गत मंसिर ४ गते भएकाे निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (२ ) बाट प्रत्यक्ष निर्वाचित हुनुभएकाे थियाे ।

Skip This