Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


मन्त्रीबारे छलफल गर्न सात दलीय गठबन्धनको बैठक बस्दै


1.5k
Shares

काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सोमबार बोलाइएको छ ।

सोमबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक बोलाइएको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुनेछन् ।

उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रचण्डले आज अपरान्ह ४ बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । मन्त्रीबारे छलफल गर्न गठबन्धनको बैठक बोलाएको एक नेताले जानकारी दिनुभयो ।