Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


प्रथम उप–प्रमुख बैजनाथ कपको उपाधि प्रभात नमूना माविलाई


78
Shares

काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिकामा पालिका स्तरीय अन्तर विद्यालय प्रतियोगिता सम्पन भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको उपाधि वडा नम्बर ५ मा रहेको प्रभात नमूना माध्यमिक विद्यालयले जितेको छ ।

सो विद्यालयले ९ स्वर्ण, ३ रजत र ३ काँस्य पदकसहित प्रथम उप–प्रमुख बैजनाथ कपको उपाधि हात पारेको हो ।

यसैगरि नेरामाबी ओरी लालपुर ४ स्वर्ण, २ रजत र १ काँस्य पदक सहित दोस्रो भयो भने नेरामाबी नौलापुर २ स्वर्ण, १ रजत र १ काँस्य पदक सहित तेस्रो भयो ।