Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


यू–२३ भलिबल : लिग चरणको सबै खेल हारेपनि नेपाल सेमिफाइनलमा


5.3k
Shares

काठमाडौं । २३ वर्षमुनिको सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले समुह चरणका सबै तीन खेल हारेपनि सेमिफाइनल खेल्ने भएको छ ।

प्रतियोगितामा चार टोलीमात्रै सहभागि भएकोले नेपालले समुह चरणका सबै खेल हारेपनि सेमिफाइनलमा स्थान बनाएको हो । सेमिफाइनलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।

ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बंगलादेशले पुछारमा रहेको नेपालसँग सेमिफाइनलमा खेल्ने भएको हो ।

प्रतियोगितामा चार टोलीको सहभागिता भएकाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

यस्तै अर्को सेमिफाइनलमा श्रीलंका र किर्गिस्तानबीच खेल हुनेछ ।

दुवै सेमिफाइनल खेल आइतबार हुनेछ ।