Logo २० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025


सन्तानलाई असल शिक्षा र संस्कार दिनुपर्नेमा जाेड


52
Shares

काठमाडौं । पूर्वमन्त्री कान्ता भट्टराईले सबैले आफ्ना सन्तानलाई असल शिक्षा र संस्कार दिनुपर्ने बताउनुभएको छ ।

उहाँले धर्मशास्त्रको सुविचारयुक्त तर्क गर्न सम्पूर्ण महिला सक्षम हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय महिला ज्योतिष संघको १२ औं साधारणसभा तथा वार्षिकोत्सब समारोहमा उहाँले सबैले आ–आफ्नो कार्य पूरा गर्नुपर्ने बताउँदै नेपाल देवभुमी ऋषिभुमी रहेकाले यहाँ जन्मिनुमा गौरव गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णय विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी , विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा सहदेव विष्ट, दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समिति सभापति लक्ष्मण पन्थीले राष्ट्रिय ज्योतिष महिला ज्योतिष संघको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।