३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


राखी पर्व धुमधामका साथ मनाइयो, यस्तो छ राखीको महत्व ? (भिडियो)


0
Shares

नविन सिंह

जनकपुर, भदौ १० । तराई मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिने राखी पर्व धुमधामका साथ मनाइएको छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वले दिदीबहिनी र दाजुभाइबीचको आत्मीयतालाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।

हुन त दाजुभाइ र दिदीबहिनीबीच सधैँभरी आत्मीय सम्बन्ध हुन्छ नै । त्यसमा पनि बेलाबखत आउने यस्ता सांस्कृतिक पर्वले त्यसलाई थप प्रगाढता बनाउने धेरैको विश्वास छ ।

साहित्यकार एवं प्राध्यापक डा. राजेन्द्र विमल राखी रक्षाको लागि बाँध्ने पौराणिक मान्यता रहेको बताउँछन् ।

विशेषतः राखीलाई तराई मधेश क्षेत्रमा विशेष महत्व र विशेष मान्यताका साथ मनाउँदै आइएको छ । दाजुभाइ तथा दिदी बहिनीहरु बीचको अटुट सम्बन्ध दर्शाउने राखी पर्व धनुषासहित मधेशका जिल्लाहरुमा भव्यतापुर्वक मनाईयो । दाजुभाईहरुको सुख समृद्धि, दीर्घायु तथा सफलताको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीहरुलाई ढोग गरी यथाशक्य दक्षिणा र उपहार दिने चलन छ । 

जनकपुरधामको गंगासागर तथा धनुषसागरमा पूजाआजा र स्नान गर्ने भक्तजनको विशेष चहल पहल देखियो । दिदीबहिनी हुनेले त दिदीबहिनीबाटै राखी बाँधे भने दिदीबहिनी नहुनेले पुरोहितबाट राखी बाँधे । तराइमा भने यसलाई भाइटीकापछिको दोस्रो ठूलो चाडसमेत मानिन्छ ।

भिडियो हेर्नुहोस्