
रसुवा, भदौ १० । रसुवाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाँई कुण्डमा जनैपूर्णिमा मेला सम्पन्न भएको छ ।
गत एकादशीको दिनदेखि भाद्र शुक्ल पूर्णिमाका दिनसम्म लाग्ने गोसाइकुण्ड मेलामा स्वदेशी तथा विदेशी हजारौं तीर्थयात्रीले कुण्डको स्नान गरेका थिए ।
करिब ९ हजार भक्तजनले मेला भरेको अनुमान गरिएको छ । भदौ १ गतेबाट १० गतेसम्म लागेको मेला भर्न देशका बिभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट पनि भक्तजनहरु गोसाईकुण्ड पुगेका थिए ।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानव बीच लडाई हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा भगवान शिव पुगेको र आफ्नो हातमा रहेको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट त्रिशुल धारा उत्पत्ति भई गोसाईकुण्ड बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्