काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक स्थायित्व दिने हो भने नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ ।
झापा क्षेत्र नम्बर ३ बाट विजयी उहाँले सांसद पदको शपथ लिएपछि सरकार गठनमा कांग्रेस एमाले मिलेर जानुपर्ने बताउनुभएको हो ।
उहाँले देशलाई राजनीतिक स्थायित्व दिने हो भने कांग्रेस र एमाले मिलेर आगामी ५ वर्ष सरकार चलाउन दुई ठूला दल मिलेर सरकार चलाए आफ्नो दल प्रतिपक्षीमा बस्ने पनि बताउनुभयो ।
राप्रपा आफैं अहिले सरकारमा जाने विषयमा मौन रहेको भन्दे उहाँले हतार गरेर सरकारमा जाने पक्षमा आफूहरु नरहेको तर्क गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्