१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


जुम्ला कारागारमा पानीको अभाव


65
Shares

काठमाडौं । जुम्ला कारागारमा खानेपानीको अभाव देखिएको छ ।

पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो ।

दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने बाध्यता छ । कारागारमा खानेपानी अभाव भएपछि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको छ ।

जुम्ला कारागारमा पटक पटक खानेपानीको राम्रो प्रबन्धको लागि सम्बन्धित निकायसँग आग्रह गरे पनि सुनुवाई नभएको कारागारले जनाएको छ । कैदीले पहिलेदेखि बगिरहेको तिला नदीको पानी पिइरहेका छन् ।

२ सय कैदी बन्दीको क्षमता रहेको जुम्ला कारागारमा १ सय १० जना कैदीहरू छन् । जसमध्ये १ सय ८ पुरुष र २ महिला रहेका छन् ।