Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता १० टाेली खेल्ने


273
Shares

काठमाडाैं । मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा सहभागिता जनाउने १० टोलीको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले हिजो प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको हो ।

यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, ब्वाइज युनाइटेड फुटबल क्लब, बीवाईएससी युएसए, संकटा क्लब र धरान फुटबल क्लबले सहभागिता जनाउने छन् ।

पोखरा रंगशालामा आयोजना हुने २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता पुस १४ गतेदेखि २३ गतेसम्म संचालन हुनेछ । यस्तै आयोजकले पुरस्कार राशीमा वृद्धि गरिएको जनाएको छ । यस पटकको विजेताले १२ लाख पाउने छन् । यस पटक २ लाख वृद्धि गरिएको हो ।

यस्तै दोस्रो हुने टोलीको पुरस्कारमा १ लाख वृद्धि गर्दै ६ लाख दिईने आयोजकले जनाएको छ । यस प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र कुल अनुमानित खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ ।