जकार्ता, भदौ १० । एसियाली खेलकुदको कराँतेतर्फ नेपालका थप तीन खेलाडीबाट पदकको आशा सकिएको छ ।
कराँतेको कुमितेतर्फ पुरुष ६० केजी मुनिको तौल समूहमा नेपालका सोनाम लामा भियतनामका खेलाडीसँग पराजित भए । लामालाई भियतनामका भान हाई गुएनले ३–० ले हराएका हुन् ।
यसैगरी पुरुष ६७ केजी मुनिको तौल समूहमा नेपालका बिजय लामालाई जापानका खेलाडी हिरोतो सिनोहाराले १–० ले पाखा लगाए ।
कुमितेकै महिला ६१ केजी मुनिको तौल समूहमा सुनिता महर्जनलाई थाईल्याण्डकी आर्म सुकियाले ४–१ ले पराजित गरिन् ।
८ खेलाडी सहभागी कराँतेतर्फ नेपालका अब दुई खेलाडीले खेल्न बाँकी छ । महिला ५० केजी मुनिको तौल समूहमा अनु अधिकारीले भोलि मकाउकी चिङ छेउङसँग खेल्दा पुरुष ८४ केजी मुनिको तौल समूहमा दिवस श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।








प्रतिक्रिया दिनुहोस्