Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ


2.4k
Shares

कञ्चनपुर । कञ्चनपुरमा १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्।

बुधबार दोधारा चाँदनी नगरपालिकाका २७ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले मंगलबार राति नाबालिका छोरीमाथि बलात्कार गरेका हुन् ।

घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताउनु भयाे ।

बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन्।