Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


हेटौंडाबाट विप्लवका ७ जना कार्यकर्ता पक्राउ


143
Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वका ७ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

सरकारले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संशोधन गर्न ल्याएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै हेटौंडा बसपार्कमा पूर्व–पश्चिम राजमार्ग अवरोध गर्न खोजेपछि अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सूर्य सिंहसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा अखिल क्रान्तिकारी पश्चिम बागमती संयोजक विवेक घलान, अखिल क्रान्तिकारी मकवानपुर उपाध्यक्ष सूर्य सिंह, केन्द्रीय पार्टी सदस्य राम घलान, अखिल क्रान्तिकारी जिल्ला सदस्यहरू सुरज घलान, अमन लामा, रवि रुम्बा र भूषण लामा रहेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।