Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक


273
Shares

काठमाडौं । नेपाल टी-२० लिग खेल्ने जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक भएको छ ।

जनकपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै जर्सी, टिम लिस्ट र कप्तानको घोषणा गरेको हो ।

जनकपुरको कप्तानमा जमैकाका ब्याट्सम्यान ट्रेभोन ग्रिफिन रहेका छन् । कप्तान ग्रिफिन, मार्की प्लेअर सोमपाल कामी, मुख्य प्रशिक्षक उमेश पटवाल,टिम मालिक गोविन्द खन्डेलवाल लगायतले जर्सी सार्वजनिक गरेका थिए ।राष्ट्रिय टिमका फास्ट बलर सोमपाल मार्की प्लेअर रहेको जनकपुर टिममा सन्दीप जोरा, आदिल आलम, दिलिप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश पुलामी, खड्ग बोहरा छन् ।

यस्तै, विदेशी खेलाडीमा वेष्ट ईन्डिजका चाडविक वाल्टन र ट्रेभोन ग्रिफिन, केस्रिक वसलियम्स छन् । श्रीलंकन असान प्रिएनजन, अफगानिस्तानका सरफुद्दिन असरफ, र समिउल्लाह सेनवारी पनि जनकपुरमा छन् ।