
काठमाडौं, भदौ १० । संसदअन्तर्गतको विधायन समितिले प्रशासकीय अदालत विधेयकबारे सरोकारवालाहरुसँग सुझाव लिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रशासकीय अदालतको विधेयकमाथि सरोकारवालाहरुसँग सुझाव लिएको हो । बैठकमा सहभागी भएकाहरुले प्रशासकीय अदालतलाई विश्वसनीय बनाउने गरी विधेयक तयार पार्न सुझाव दिएका छन् ।
उनीहरुले प्रकाशकीय अदालत हुँदाहुँदै पीडित कर्मचारीहरु अन्य अदालतमा ध्याउनुपर्ने अवस्था अन्त्य गर्न सुझाव दिए ।
त्यसैगरी प्रशासकीय अदालतलाई सातवटै प्रदेशमा विस्तार गर्न सके कर्मचारीहरुलाई न्याय पाउन सहज हुने उनीहरुले बताए ।
समितिले गरेको छलफलमा पेशागत महासघका प्रतिनिधि, ट्रेड युनियनका प्रतिनिधि सहभागी थिए । समितिको अर्को बैठक बुधबार पुनः बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्