Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


व्यवस्थापनको लापरवाही : विश्वरुपा १० हजार मिटर दौडमा सहभागी हुन वञ्चित


0
Shares

जकार्ता, भदौ १० । समयमै खेलाडी दर्ता नगरिँदा एसियाली खेलकुदका लागि इन्डोनेसियाको जाकार्ता पुगेकी नेपाली खेलाडी विश्वरुपा बुढा एक विधामा प्रतिस्पर्धा गर्नबाट वञ्चित भएकी छन् ।

महिला १० हजार मिटरमा दौडिने तयारी गरेकी विश्वरुपाको नाम टिम व्यवस्थापनले समयमै दर्ता नगर्दा उनी यो स्पर्धा खेल्नबाट वञ्चित भएकी हुन् । एसियाली खेलकुदमा विश्वरुपाले १० हजार मिटर र ५ हजार मिटरमा भाग लिने नेपाली टोलीले जनाएको थियो ।

विश्वरुपाले अब ५ हजार मिटरतर्फ मात्रै प्रतिस्पर्धा गर्नेछिन् । 

एथ्लेटिक्समा नेपालका कूल ६ खेलाडी सहभागी छन् । जसमध्ये म्याराथनका कृष्णबहादुर बस्नेत र गोपिचन्द्र पार्की तथा पुरुष सय मिटर दौडमा याम साजन सुनारले हिजै प्रतिस्पर्धा गरिसकेका छन् ।

याम साजनले अब दुई सय मिटरमा दौडिन बाँकी छ । यसैगरी सोमबहादुर कुमालले पुरुष ८ सय मिटर तथा सरस्वती भट्टराईले महिला ८ सय र १५ सय मिटरमा दौडिन बाँकी छ ।