Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


उपनेता र प्रमुख सचेतक चयन गर्न जनमत पार्टीकाे बैठक बस्दै

सिके राउत संसदीय दलको नेता चयन

39
Shares

काठमाडौं । जनमत पार्टीको दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज (सोमबार) बैठक बस्ने भएकाे छ ।

बैठक बिहान १० बजे बस्ने जनमत पार्टीका नेता वीपी साहले बताउनुभएकाे हाे । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन गरेकाे छ । बैठकले सर्वसम्मत रुपमा दलको नेतामा राउतलाई चयन गरेको हो ।

राउत सप्तरी क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर भन्दा बढी मतले पराजित गर्दै विजयी हुनुभएकाे थियाे ।