
काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधिसभाका निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताउनुभएको छ ।
पार्टीको पदाधिकारी बैठक पछि संञ्चारकर्मीलाई संक्षिप्त प्रत्रिक्रिया दिदै प्रवक्ता महराले प्रतिनिधिसभाका सबै सदस्यहरुको सपथग्रहण पछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताउनुभएको हो ।
संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भएपनि सपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासंगत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको जानकारी उहाँले दिनुभयो ।
प्रधानमन्त्री को बन्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले त्यसबारे संसंदीय दलको नेता चयन भएपछि मात्रै छलफल हुने बताउनुभयो । गठबन्धनको निरन्तरता सम्बन्धमा भने उहाँले गठबन्धन रहिनै रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्