Logo २० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025


डेढ दशकमा पनि सुधार भएन बेनी–भकुण्डे सडकको अवस्था


26
Shares

म्याग्दी । म्याग्दीमा ट्र्याक खुलेको १५ वर्ष वितिसक्दा पनि बेनी–भकुण्डे सडकको अवस्था सुधार हुन सकेको छैन । सडक स्तरोन्नती नहुँदा यो सडकमा यातायातका साधन चल्न सकेका छैनन् ।

२०६५ सालमा ट्याक खुलेको साढे ७ किलामिटर दुुरीको यो सडक मर्मतका लागि अहिलेसम्म करिब १ करोड खर्च भए पनि सडकको अवस्था भने झन्झन् खराब हुँदै गइरहेको स्थानीयहरुको गुनासा छ । यो सडकमा साना सवारी साधनह वर्षका ४ महिना मात्र मुस्किलले संचालन हुन्छन् ।

बेनी नगरपालिकाको गेटदेखि हाँडेभीर,लम्भलीहिल हुँदै बेनी नगरपालिका वडा २ भकुण्डको वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नतिका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय वासिन्दाहरुको गुनासो छ।