
रौतहट । रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ भने बेपताको संख्या तीन रहेको छ ।
भारतको बैरगनियास्थित बेल्वाघाट नदी किनारमा ईशनाथ नगरपालिका औरैयाकी ४० वर्षीया रूना देवी र ५० वर्षीय शान्ति देबीको शव भेटिएको जनाइएको छ ।
ईशनाथ नगरपालिकाको औरयाबाट सदरमुकाम गौरतर्फको टिकुलिया आउने क्रममा उक्त नदीको पानीको सतह बढन गई निर्माणाधीन पुलको पिलरमा ठोक्किएर डुङ्गा दुर्घटना भएको थियो ।
डुङ्गामा २५ जना चढेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आईतबार बिहानैदेखि खोजी जारी राखेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार अझै तीन जना बेपता छन् ।
बेपता हुनेमा डुंगा सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रवंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देवी र १० वर्षीया उषा कुमारी पटेल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्