Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ राउन्ड अश्रुग्याँस प्रहार


390
Shares

महोत्तरी । महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ राउन्ड अश्रुग्याँस प्रहार भएकाे छ । रामगोपालपुर–५ मा स्थानीय र प्रहरीबीच भएकाे झडपमा परी चार जना घाइते समेत भएका छन् ।

नेहा चौधरीले पंकज चौधरीको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेकाे हाे ।

जिल्ला प्रहरी महाेत्तरीका अनुसार २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगर प्रहरी गरी चार जना घाइते भएका छन्।

मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर फर्किएकी नेहाले प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको आन्दोलनले उग्र रुप लिएकाे हाे ।

घरमा प्रवेश नपाएपछि नेहा आफ्ना श्रीमान् डा.पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।