Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


एमालेले निर्वाचित सांसदलाई बधाई दिन विशेष कार्यक्रम आयाेजना गर्ने


130
Shares

काठमाडाैं । नेकपा (एमाले)ले प्रतिनिधि र प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई दिन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

एमाले प्रचार विभागका अनुसार आगामी पुस ५ गते राजधानीमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई बधाई दिने तय भएको छ ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ र प्रदेशसभा सदस्यमा १६१ जना निर्वाचित भएका छन् । कार्यक्रममा प्रतिनिधि र प्रदेशसभामा नवनिर्वाचित सदस्यहरूका साथै राष्ट्रियसभाका बहालवाला सदस्य, प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारलगायतलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ ।