२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


दिल्लीमा विद्यालयकी छात्रामाथि एसिड प्रहार


611
Shares

काठमाडौं । दिल्लीमा एक विद्यालयकी छात्रामाथि एसिड प्रहारको घटना सार्वजनिक भएको छ ।

यो घटना दिल्लीको द्वारका जिल्लामा भएकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दिल्ली प्रहरीका अनुसार बिहान करिब नौ बजे एक युवकले छात्रामाथि एसिड प्रहार गरेका हुन् ।

छात्रालाई दिल्लीको सफदरजंग अस्पतालमा भर्ना गरिएको छ ।

दिल्ली प्रहरीले घटनाको समयमा छात्रा आफ्नी बहिनीसँगै रहेको बताएको छ ।

छात्राले यस विषयमा आफूले चिनेका दुई जनामाथि शंका व्यक्त गरेकी छन् ।