२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


स्याङ्जाको आँधीखोला जलविद्युतको ड्याममा करिब ३ लाख माछाका भुरा छाडियाे


130
Shares

स्याङ्जा । स्याङ्जाको आँधीखोला जलविद्युत केन्द्रको ड्याममा मंगलबार २ लाख भन्दा बढी माछाका भुरा छाडिएको छ ।

नेपाल विद्युत प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्यतु केन्द्र मत्य ह्याचरीको संयोजकत्वमा विभिन्न प्रजातिका २ लाख ८० हजार माछाका भुरा छाडिएको हो । गर्दी, हाडे र ठेड जातका माछाका भुरा छाडिएको प्राधिकरणले जनाएको छ । गल्याङ नगरपालिका-३ मा रहेको विपिसि ड्याम साईड आँधीखोला क्षेत्रमा गर्दी ८० हजार, हाडे १ लाख र ठेड १ लाख गरी २ लाख ८० हजार माछाका भुरा छाडिएको हो ।

प्राधिकरणले प्रत्येक वर्ष माछाका भुरा आँधीखोलामा छाड्दै आएको छ । गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भटराईले माछा मारेर जीविकोपार्जन गर्ने बोटे र माझीहरुको परम्परागत पेशाको समेत संरक्षण हुने बताउनुभयाे । साथै माछा मारेर बिक्री गरेर राम्रो आम्दानी हात पार्न सकिने र अन्य नदीको तुलनामा आँधीखोलाका माछाको स्वाद नै छुट्टै हुने उहाँले बताउनुभयो ।

आँधीखोला जलविद्युतका प्रमुख डोलप्रसाद खरेलले नदी सबैको सार्वजनिक सम्पत्ति भएको बताउँदै यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।