Logo १९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025


काभ्रेमा बस दुर्घटना : मृतककाे संख्या १७ पुग्याे


8.3k
Shares

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।

घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी अहिले सम्म १७ जनाको मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयाे ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ । दुर्घटनाको कारण पनि खुलेको छैन ।