२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु


780
Shares

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

काभ्रे प्रहरीका अनुसार दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्दारपछि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

मृतकको सङख्या अझै बढन सक्ने अनुमान गरिएको छ ।