Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


सरकारलाई आत्मसमिक्षा गर्दै अघि बढन माधव नेपालकाे आग्रह


338
Shares

काठमाडाैं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमिक्षा गर्दै अघि बढन आग्रह गर्नु भएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिनु भएको हो ।

उहाँले तीन वटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पार्नु भयो।

उहाँले मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण समेत गराउनु भयो ।
अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकार जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।