Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


समानुपातिक सांसद छान्ने जिम्मा सभापतिलाई दिने निर्णयको विरुद्ध केसी


2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले समानुपातिक सांसदहरु पार्टी सभापतिले टुंगो लगाउने कुरामा असहमित जनाउनुभएको छ ।

शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई समानुपातिक सांसदहरुको टुंगो लगाउने जिम्मा दिएको भन्दै उहाँले पार्टी सभापतिलाई मात्रै सांसद चयन गर्ने जिम्मा दिनु नहुने बताउनुभएको हो ।

शुनिबार केन्द्रिय पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टी सभापतिलाई समानुपातिक सांसद चयन गर्ने जिम्मा दिएको थियो । उहाँले पार्टी सभापतिलाई यस्तो विषय दिँदा जस, अपजस आउने भन्दै उहाँले केन्द्रिय कार्यसमिति वा सम्पूर्ण पदाधिकारीको सामूहिक प्रयासबाट सांसदको टुंगो लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पदाधिकारीहरुको छलफलबाट नै समानुपातिक सांसदहरु चयन हुनुपर्ने र पदाधिकारीहरुको सामुहिक निर्णय हुनुपर्ने बताउनुभयो । उहाँले सभापतिबाट हुने निर्णय व्यक्तिकेन्द्रित हुने भन्दै पदाधिकारीहरुको छलफलबाट नै समानुपातिक उम्मेदवारको टुंगो लाग्नुपर्ने बताउनुभएको हो ।

नेता केसीले समानुपातिक उम्मेदवारहरु चयन गर्दा पार्टीले सबै क्षेत्र र वर्गलाई समेटेर समानुपातिक प्रतिनिधत्व हुनुपर्ने माग गर्नुभयो ।