५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


सामान्यतया आज माैसम सफा हुने


52
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज (शनिबार) बिहान प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो भने प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार राति भने देशभर मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।